नयाँ दिल्ली — भारतको जम्मू विमानस्थल नजिकै ठूलो विस्फोट भएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूले एकैपटक १६ वटा वस्तु आकाशबाट खसेको देखिएको बताएका छन्। बीबीसीसँग कुरा गर्दै जम्मूको गुज्जर नगर पुल नजिक रहेका एक व्यक्तिले विमानस्थल छेउ विस्फोट भएको पुष्टि गरेका छन्।
एएफपी समाचार एजेन्सीले भारतीय सुरक्षास्रोतलाई उद्धृत गर्दै विस्फोटको पुष्टि गरेको छ। बीबीसी संवाददाता दिव्या आर्यका अनुसार जम्मूका धेरै ठाउँमा विस्फोटको ठूलो आवाज सुनिएको र शहरभरि विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ। जम्मूबाट करिब डेढ घण्टा टाढा रहेको कठुआमा पनि दुई स्थानमा विस्फोटको आवाज आएको र त्यहाँ समेत ब्ल्याकआउट गरिएको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानले ड्रोनमार्फत जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई लक्षित गरी आक्रमण गरेको हो। दैनिक भास्करले पाकिस्तानबाट पठाइएका ड्रोनहरूले निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले केही आक्रमण विफल पार्न सफल भएको दाबी गरेको छ।
जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। स्थानीयवासीहरूले पाकिस्तानतर्फबाट भारी गोलीबारी भइरहेको र विभिन्न स्थानमा विस्फोटको आवाज सुन्निएको बताएका छन्। पाकिस्तानबाट राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण भएको जनाइएको छ।
पञ्जाब, जम्मू–कश्मीर र राजस्थान राज्यहरू उच्च सुरक्षा सतर्कतामा राखिएका छन्। भारतीय पक्षले पाकिस्तानको एफ–१६ लडाकु विमान खसालेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भने भइनसकेको बीबीसीले उल्लेख गरेको छ।
पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन तथा क्षेप्यास्त्र आक्रमण जारी राखेको भारतीय सञ्चारमाध्यमको दाबी छ। जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा र अरनिया, पञ्जाबको पठानकोट र राजस्थानको जैसलमेर तथा पोखरणलाई लक्षित गरिएको बताइएको छ।
सीमावर्ती कुपवाडा र बारामुल्ला क्षेत्रमा पनि दुवै पक्षबीच भारी गोलीबारी भइरहेको छ। पञ्जाबको जालन्धर, अमृतसर, बीकानेर, श्रीगंगानगर लगायतका स्थानमा पूर्ण अन्धकारमा राखिएको छ।
आक्रमणको प्रभावः आईपीएल खेल स्थगित
पाकिस्तानी आक्रमणको प्रभाव खेलकुदमा पनि परेको छ। धर्मशालाको एचपीसीए मैदानमा जारी आईपीएल क्रिकेट अन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको छ। मैदानका सबै फ्लडलाइट बन्द गरिएकाले दर्शकलाई बाहिरिन अनुरोध गरिएको थियो। खेल रोकिँदा पञ्जाबले १०.१ ओभरमा एक विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो।
विश्व/प्रवास
'अपरेसन सिन्दूर' पछि मोदीद्वारा युरोप भ्रमण स्थगित
भारत–पाकिस्तान तनाव चरममा (बुधबार साँझ सम्मको क्रमबद्ध अपडेट)
द नेप्लिज संवाददाताअपरेसन संकल्प निर्णायक चरणमा, २२ माओवादी मारिएको दाबी
द नेप्लिज संवाददाताभारतको टाउको दुखाइ बनेका मौलाना मसूद अजहर को हुन् ?
द नेप्लिज संवाददाताभारत–पाकिस्तान सीमामा तनाव : ड्रोन आक्रमणमा निर्दोष नागरिकको ज्यान गयो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares