विराटनगर– टेक अर्बपति इलन मस्कको एआई कम्पनी एक्सएआईद्वारा यसै साता सार्वजनिक ‘ग्रोक–थ्री’ भर्सनको सेरोफेरोमा अहिले नेपाली माझ पनि रोचक बहस हुन थालेको छ । ओपेनएआईको जीपीटी–फोर ओ र डिपसिक भीथ्रीजस्ता लार्ज ल्यांग्वेज मोडल (एलएलएम)हरूलाई टक्कर दिने यसको लक्ष्य हो । ग्रोक–थ्रीले उन्नत तार्कित क्षमता सहित इमेज एनालिसिस गर्न सक्ने भएकाले यसलाई एआई क्षेत्रमा बलियो प्रतिस्पर्धी मानिएको छ । इलनले आफ्नो एआई च्याटबट अन्यभन्दा उत्कृष्ट रहेको पहिले नै भनिसकेका छन् ।
एक्स एआईले जारी गरेको ब्लग पोस्टअनुसार ग्रोक–थ्रीमा ‘थिंक’ र ‘ग्रोक थ्री मिनी’ नामले दुई मोडल उपलब्ध छन् । थिंक मोडलले अप्ठेरो सवालहरूको ‘स्टेप–बाइ–स्टेप’ हल दिने र ग्रोक थ्री मिनिलाई जटिल समस्याहरू समाधान गर्ने क्षमता दिइएको छ । ग्रोक–थ्रीले यसको अघिल्लो संस्करणभन्दा असरदार रिजल्ट दिने र अन्य ठूला एआई मोडेलहरूसँग प्रतिस्पर्धा गर्न सक्षम देखिएको छ ।
एक्सएआईले पनि स्वाभाविक र रमाइलो संवादका लागि ग्रोक–थ्री निर्माण गरिएको दाबी गरेको छ । कथा लेख्ने, अनुसन्धान गर्ने, प्रश्नहरूको जवाफ दिने वा कोडिङ गर्नेबाहेक यस प्रविधिमा ‘विद्रोही आयाम’ पनि समावेश छ । अन्य एआई प्रविधिले अक्सर पन्छाउने ‘मसालेदार’ विषयहरूमा समेत यसले प्रतिक्रिया दिने कम्पनीले प्रष्ट पारेको छ ।
एक्सएआईले ग्रोक–थ्रीसँगै ‘डिप सर्च’ नामक नयाँ सर्च इञ्जिन पनि सार्वजनिक गरेको छ । यसले एआईको निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने लक्ष्य राखेको छ । ग्रोक–थ्री प्रयोग गर्न सामाजिक सञ्जाल प्लाटफर्म एक्सको सदस्यता लिनुपर्नेछ । यसको शुल्क महिनको ४० डलर तोकिएको छ ।
ग्रोक थ्री मोडलका लागि आवश्यक कम्प्युटिङ पावर आपूर्ति गर्न एक्सएआईले एटलान्टामा विशाल डाटा सेन्टर निर्माण गर्दैछ । यसमा झन्डै १२ हजार ४ सय ४८ वटा एनभिडियाको जीपीयू जडान गरिने छ । यो पूर्वाधार लगानीले एक्सएआईलाई एआई प्रविधिमा दरिलो प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares