विराटनगर– राजतन्त्र पुनस्र्थापनाको पक्षमा सडकमा देखिएको आन्दोलनलाई कसरी हेर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र मतभेद चुलिँदै गएको छ ।
यही विवादका कारण गणतन्त्र पक्षधर दलहरूको मोर्चा बनाउने तयारी रोकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा सहितका केही नेताहरू राजावादी आन्दोलनविरुद्ध आक्रमक रूपमा प्रस्तुत हुनुपर्ने पक्षमा देखिएका छन् । तर महामन्त्री गगन थापासहितका केही नेताहरू भने आन्दोलनलाई एकपक्षीय रूपमा मात्रै हेर्न नहुने तथा सडकमा युवा पुस्तासमेत सक्रिय भएको विषयलाई ध्यान दिनुपर्ने पक्षमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा देउवा सहमत भए पनि कांग्रेसभित्रको असहमतिको कारण गणतान्त्रिक मोर्चा निर्माणको प्रक्रिया रोकिएको एक नेताले जानकारी दिए । यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मोर्चा बनाउने प्रस्तावमा सहमति जनाएका थिए । उनले आफ्ना सल्लाहकार अग्नि खरेललाई कांग्रेस–माओवादीसँग छलफल गर्न खटाएका थिए ।
तर कांग्रेसभित्रकै अर्जुनरसिंह केसी र गृहमन्त्री रमेश लेखकले मोर्चा गठनप्रति असहमति जनाएका छन् । साथै शशांक कोइराला र शंकर भण्डारीजस्ता नेताहरूले पार्टीले धर्म निरपेक्षता, संघीयता र राजतन्त्रसम्बन्धी नीतिमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।
यही विवाद समाधान गर्न सभापति देउवाले आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजतन्त्र पुनस्र्थापनाको आन्दोलन, कांग्रेसको आधिकारिक धारणा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
विशेष गरी फागुन २५ को प्रदर्शनमा योगी आदित्यनाथको फोटो देखिएको घटनालाई भारतीय हस्तक्षेपको रूपमा व्याख्या गर्नु गलत हुने कांग्रेसका केही नेताहरूको धारणा छ । बाह्य शक्तिसँग आन्तरिक विषयलाई नजोड्नुपर्ने तर्क राख्दै केही नेताहरूले विवादको अन्त्य खोजिरहेका छन् । कांग्रेसभित्र स्पष्ट धारणा बनाउन नसक्दा गणतन्त्र पक्षधर मोर्चा बनाउने योजना हाललाई स्थगित भएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares