२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री नेतृत्वमा तीन सदस्यीय समिति गठन

द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्यका रूपमा चयन गरिएको छ ।

उक्त समितिले नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ जसमा हालका डेपुटी गभर्नरमध्ये कम्तीमा एक जना समावेश हुनेछन् । समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ । 

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २५ गते (अप्रिल ७, २०२५) मा समाप्त हुँदैछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ । 
यसरी सरकारद्वारा गठित सिफारिस समितिले निर्धारित मापदण्डहरूका आधारमा योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्नेछ ।
 

प्रकाशित : ११ चैत २०८१, सोमबार 21:44

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved