२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

सरकार विरुद्ध शुक्रबार मुख खोले कुलमान

द नेप्लिज संवाददाता
२२ चैत २०८१, शुक्रबार

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले कानुन विपरितको निर्देशन मान्न अस्वीकार गर्दा सरकारले मन नपराएको बताएका छन् । कुलमानले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने,‘मैले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न सकिन । डेडिकेटेड र ट्रंकलाइनको कुरामा विवाद सुरु भयो । त्यसैले बर्खास्ती पाएँ ।’

सरकारले लगाएको ‘जवाफदेही हुन नसककेको’ र ‘बक्यौता उठाउन नसकेको’ आरोपको पनि कुलमानले खण्डन गरेका छन् । महशुल उठाउन सहमती माग्दा नै आफूलाई हटाइएको उनको दाबी छ । निरन्तर दबाब र आदेश आएका कारण आफूले महसुल उठाउन नसकेको उनको भनाइ छ ।

कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको र उनी माओवादी भएको भन्ने आरोपबारे उनले भने,‘म कुनै व्यक्ति र पार्टीको होइन् । म कर्मचारी हुँ । जनताको हुँ ।’ राजनीतिमा आउने संभावनाबारे सोध्दा उनले त्यस्तो अवस्था आएमा आफू देशको लागि जुनसुकै जिम्मेवार पदमा आउन तयार रहेको बताएका छन् ।

कुलमानले देश र जनताको सेवामा रातदिन निष्ठाका साथ खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो पनि पोखेका छन् । राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ आफू सदैव उभिने बताउँदै भने, ‘मेरो इज्जतमाथि नै आघात पुग्ने गरी प्रहार भए ।’

उनले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काट्नु नै आफूलाई हटाइनुको प्रमुख कारण बनेको दोहोर्याएकाछन् । उनले भने, ’बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ, बक्यौता उठाउनु अपराध हो?’ 

कुलमानले कसैको स्वार्थमा आफू माथि राज्यको सम्पूर्ण शक्ति खनिएको यो घटनाको नेपाली जनता साक्षी भएको बताए । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।

उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’ आगामी दिनमा पनि उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।
 

प्रकाशित : २२ चैत २०८१, शुक्रबार 15:12

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved