विराटनगर– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले मुलुकमा ठूलो परिवर्त आवश्यक रहेको र त्यसको लागि एमालेलाई मुलुकको निर्णायक शक्ति बनाउनुको विकल्प नभएको बताएका छन् ।
एमाल मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले मुलुकमा रहेको राजनीतिक अस्थिरता, धनी र गरीवबीचको खाडलले देखिएको दरिद्रता, विभेद र अराजकताक अन्त्यका लागि ठूलो परिवर्तन आवश्यक रहेको बताएका हुन् । ‘संसारभरि राजनीतिक अस्थिरता र आर्थिक असमानताले थोरै व्यक्ति धनी र धेरै गरिव, विज्ञान र प्रविधिमा सिमित व्यक्तिको पहुँचले असमानताको खाडल बनेको छ,’ उनले भने, ‘संसारमा चरम अराजकता रहेकाले समाजिक, आर्थिक असमानताका लागि ठूलो परिवर्तन आवश्यक छ ।’
संसारभरि जसरी राजनीतिक अस्थिरता कायम रहेको छ त्यसरी नै नेपालमा पनि राजनीतिक द्वन्द्व कायम नै रहेको थापाको भनाइ थियो । उनले मुलुकमा मुठ्ठीभरिका केही व्यक्तिसँग समृद्धि र धेरै जनता दरिद्र रहेको औल्याए । त्यसैले मुलुकको ठूलो परिवर्त गरेर समाजवाद कायम गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो । उनले सामनती दल कांग्रेस र अवसरवादी जसपा, राप्रपा, लोसपा, जनमतलगातका क्षेत्री दलबाट समाजवादी ल्याउन सम्भव नरहेको बताए ।
एमाले क्रान्तिकारी कम्यूनिष्ट पार्टी भएको र हामी क्रान्तिकारी रहेको दावी गर्दै उपाध्यक्ष थापाले भने, ‘मुलुकमा ठूलो परिवर्तन ल्याएर समाजवाद कार्यान्व्यन गर्नु आवश्यक छ र त्यसका लागि एमालेलाई मुलुकको निर्णयक शक्ति बनाउन पार्टीपंक्ति लाग्नु अपरिहार्य छ ।’
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares