जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोस्टमा प्रहरीले ठूलो परिमाणमा शालिग्राम शिला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ३४ वटा सेतो बोराभित्र लुकाएर राखिएको ८९४ किलोग्राम शालिग्राम एक बोलेरो जीपबाट फेला पारिएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीप चेकजाँच गर्दा उक्त शालिग्राम बरामद गरिएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उक्त जीप लोघेकर दामोदरकुण्ड–५, सुर्खाङ निवासी ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङको रहेको खुलेको छ ।
शालिग्रामसहित बोलेरो जीपसहित चालक र शालिग्राम ओसारपसारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण कार्यालय (एक्याप) जोमसोममा बुझाएको जनाएको छ । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार उनीहरूलाई हाल अनुसन्धानका लागि पोखरास्थित एक्यापको प्रधान कार्यालय पठाइएको छ ।
मुस्ताङको दामोदरकुण्ड हुँदै कालिगण्डकी नदीमा जम्मा हुने शालिग्राम हिन्दू धर्मशास्त्रअनुसार भगवान विष्णुको प्रतीकका रूपमा पूजनीय मानिन्छ । शालिग्राम शिला व्यावसायिक रूपमा ओसारपसार गर्न कानुनतः प्रतिबन्ध छ । त्यसैले प्रशासन, प्रहरी र एक्यापले अवैध कारोबार नियन्त्रणका लागि निगरानी कडा गर्दै आएको छ । तर व्यक्तिगत पूजा प्रयोजनका लागि सीमित मात्रामा शालिग्राम खरिद गरी लैजान भने प्रशासन, प्रहरी र एक्यापले छुट दिँदै आएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares