विराटनगर– प्रहरीले शनिबार राति ललितपुर क्षेत्रमा एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीक अनुसार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका– ३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स शंका लागेर चेक गर्दा लागूऔषध तस्करीको यो अदभुत तरिकाको खुलासा भएको हो ।
प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३ हजार ८ सय क्याप्सुल बरामद गरेको हो । घटनास्थल प्रहरी चौकी भट्टेडाँडाबाट अन्दाजी १ किमी पूर्व पर्छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २० वर्षीय समिर आलम, ३३ वर्षीय मुन्ना अन्सारी, ४५ वर्षीया नोर्जान खातुन र चालक मोहम्मद उमर छन् । एम्बुलेन्सको चाबी लिएर राति नै फरार भए उमरलाई पनि शनिबार बिहान घटनास्थलभन्दा करिब १ किलोमिटरको दुरीमा पक्राउ गरिएको प्रहरीले भनेको छ । पक्राउ महिलालाई भने प्रहरीले सार्वजनिक गरेको छैन ।
बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन् । उनीहरूले एक नेपालीको माग अनुसार ल्याएको बताएका छन् । यद्यपि ती फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares