देवानगञ्ज गोलीकाण्ड
विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डको अनुसन्धानमा तस्करी र आपराधिक गिरोहबीचको आर्थिक लेनदेनको विवाद मुख्य कारण रहेको खुलेको छ । घटनामा संलग्न पाँचमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना फरार छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा देवानगञ्ज–१ का २७ वर्षीय रविन कुमार यादव र २१ वर्षीय पिन्टु यादव छन् । उनीहरूलाई मंगलबार दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले भनेको छ । प्रारम्भिक अनुसन्धानमा फरार अभियुक्तको नाम कामेश्वर यादव खुलेको छ जसले गोली चलाएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार यो घटना पुरानो आर्थिक लेनदेन र तस्करीसँग जोडिएको देखिन्छ । फरारहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीले रविन यादवमाथि यसअघि पनि लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा मुद्दा चलाएको थियो । एक महिनाअघि मात्र उनी धरौटीमा छुटेका थिए ।
घटनामा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन यादव स्वयं र अर्का एक जना घाइते भएका छन् । साँझ करिब साढे बजे तीन राउन्ड गोली चल्दा शिवकुमारको पेटमा गोली लागेपछि उनको अवस्था गम्भीर बनेको छ । हाल उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले घटनालाई स्थानीय तस्कर समूहबीचको पुरानो लेनदेन र दबाबसँग जोडेर अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार देवानगञ्ज र आसपासका क्षेत्रमा सानातिना तस्करी समूह सक्रिय छन् । यसअघि पनि सीमावर्ती क्षेत्रहरूमा यस्ता झडपहरू समय–समयमा भइरहेका छन् ।
नेपाल–भारत सीमा नजिक पर्ने देवानगञ्जमा लागुऔषध ओसारपसार, डिजेल तथा गाईगोरु तस्करीजस्ता अवैध गतिविधिहरू व्यापक रूपमा हुने गरेको प्रहरीको रिपोर्टहरूमा उल्लेख छ । यसले गर्दा यस्ता घटनाहरू स्थानीय आपराधिक गिरोहबीचको टकरावका रूपमा देखा पर्न थालेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares