११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

आईपीएलप्रेमीका लागि खुशीको खबर

द नेप्लिज संवाददाता
३० वैशाख २०८२, मङ्गलबार

विराटनगर– इन्डियन प्रिमियर लिग (आईपीएल) मई १७ बाट पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सोमबार विज्ञप्ति जारी गर्दै स्थगित प्रतियोगिता पुनः सञ्चालन हुने जानकारी दिएको हो।

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण ८ मईमा खेल भइरहेको बेला प्रतियोगिता स्थगित गरिएको थियो। बीसीसीआईका अनुसार अब प्रतियोगिताका बाँकी खेलहरू १७ मईदेखि ३ जुनसम्म सञ्चालन हुनेछन्।

नयाँ तालिकाअनुसार बाँकी १७ खेल भारतका ६ वटा सहरहरु—बैंग्लोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा हुनेछ। यीमध्ये दुई दिन डबल हेडर (एकै दिन दुई खेल) हुनेछन्।

प्रतियोगितामा हालसम्म १३ लिग चरणका खेल र चारवटा प्लेअफ खेल बाँकी रहेका छन्। ८ मईमा अधुरो रहन गएको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल २४ मईमा जयपुरमा पुनः खेलाइनेछ।बीसीसीआईद्वारा सार्वजनिक तालिकाअनुसार पहिलो क्वालिफायर २९ मईमा, एलिमिनेटर ३० मईमा, दोस्रो क्वालिफायर १ जुनमा र फाइनल खेल ३ जुनमा हुनेछ।

#आईपीएल

प्रकाशित : ३० वैशाख २०८२, मङ्गलबार 10:26
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved