२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

ट्रम्पको आयात शुल्क घोषणाले विश्व बजारमा हलचल

द नेप्लिज संवाददाता
२५ चैत २०८१, सोमबार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट हुने आयातमा १० प्रतिशत ‘आधारभूत’ शुल्क लागू गर्ने घोषणा गरेपछि विश्व बजारमा ठूलो उतारचढाव आएको छ । अमेरिकी बजारमा व्यापक गिरावट आएको छ भने चीनसहित धेरै देशहरूले प्रतिवादको तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरूले भने यो निर्णयबाट पछि नहट्ने अडान लिएका छन् । ट्रम्पले भने, ‘कहिलेकाहीँ उपचार गर्न कडा औषधि आवश्यक पर्छ,’ भन्दै शुल्क लागू गर्नु आवश्यक कदम भएको बताए ।

शुक्रबार अमेरिकी शेयर बजारका तीन प्रमुख सूचकांकहरू ५ प्रतिशतभन्दा बढीले ओरालो लागे । अमेरिकी शेयर बजारको सूचकांक ‘एस एण्ड पी ५००’ डन्डेक्समा झन्डै ६ प्रतिशतको गिरावट आएको छ जुन सन् २०२० यताकै सबैभन्दा कमजोर साता हो । यसमा ५ सय ठूला कम्पनि आबद्ध छन् । उता आइतबार कारोबार गर्ने साउदी अरबको बजारमा ७ प्रतिशतले गिरावट आएको छ ।

अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकले शुल्क हट्ने सम्भावना नरहेको बताउँदै भने, ‘यो नीति अहिले यथावत् रहनेछ ।’ उनले ९ अप्रिलदेखि ६० देशमा थप शुल्क लागू हुने जानकारी दिए । तीमध्ये केही देशहरूलाई ‘नियम उल्लंघनकर्ताहरू’ भनेर चिनाइएको छ ।

साथै ट्रम्प प्रशासनले दुईवटा टापुहरूमा समेत शुल्क लगाएको छ, जुन चिनियाँ सामानहरू त्यहाँबाट अमेरिका भित्रिने आशंकामा गरिएको बताइएको छ । ट्रम्पका आर्थिक सल्लाहकार स्कट बेसेन्ट र केभिन ह्यासेटका अनुसार ५० भन्दा बढी देशहरूले अमेरिकासँग व्यापार वार्ता सुरु गर्न चासो देखाएका छन् । यद्यपि, कुन–कुन देशले वार्ता चाहेको हो भन्ने खुलाइएको छैन ।

चीनले बिहीबारदेखि अमेरिकी सामानहरूमा ३४ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । भियतनामले ट्रम्पलाई ४६ प्रतिशत शुल्क कम्तीमा ४५ दिन रोक्न अनुरोध गरेको छ । उता इन्डोनेसिया र ताइवानले भने अमेरिकी कदमको जवाफमा तत्काल शुल्क नलगाउने निर्णय लिएका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले ‘संसार फेरिएको छ’ भन्दै व्यापार युद्ध टार्न अमेरिकासँग सम्झौता गर्नुपर्ने बताए । उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको फोन वार्तामा ‘पूर्ण व्यापार युद्ध कसैका लागि उपयोगी छैन’ भन्नेमा सहमति भएको जनाएका छन् ।

अमेरिकाभित्र राष्ट्रपति ट्रम्पको निर्णयको विरोधमा लाखौं नागरिकहरू सडकमा ओर्लिएका छन् । बस्टन, न्यूयोर्क, लस एञ्जलस र वासिङ्टन डीसी लगायतका शहरहरूमा भएको प्रदर्शन हालसम्मकै ठूलो देखिएको छ ।

प्रकाशित : २५ चैत २०८१, सोमबार 07:50

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved