२४ वैशाख २०८२, बुधबार 07 May 2025, Wednesday

कोशी र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना

द नेप्लिज संवाददाता
२४ वैशाख २०८२, बुधबार

Advertisement

काठमाडौँ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत केही पहाडी स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना यथावत् रहने महाशाखाको भनाइ छ।मौसमी प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
 

प्रकाशित : २४ वैशाख २०८२, बुधबार 07:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved