काठमाडौँ — जारी शिक्षक आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा १० दिन पछि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार मंगलबार साँझ राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर वैशाख ११ देखि हुने भनिएको परीक्षा वैशाख २१ देखि सुरु गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक कृष्ण शर्मा अनुसार १० दिनका लागि परीक्षा सरेको हो । हालकै रुटिनअनुसार वैशाख २१ देखि परीक्षा सुरु हुनेछ ।
शिक्षक आन्दोलनकै बीच मंगलबार बिहान बोर्डले परीक्षा समयमै सञ्चालन गर्न शिक्षकलाई आह्वान गर्दै उनीहरू सहभागी नभए सरकारी कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको चौतर्फी आलोचना भएपछि बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
परीक्षा सञ्चालनमा कर्मचारी खटाउने निर्णय भएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा बहिष्कार गर्दै आन्दोलनमा सहभागी हुन काठमाडौं बोलाएको थियो । महासंघ चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छ । शिक्षक आन्दोलनकै सन्दर्भमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि परीक्षा थप अन्योलमा परेको थियो ।
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares