विराटनगर– आकर्षक तलबको प्रलोभनमा माल्टा र अल्बानिया पठाइदिने भनेर रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बस्ने लमजुङ बेशीशहर–७ का २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ–१२ बस्ने ४६ वर्षीया कल्पना रावत भएको प्रहरीले जनाएको छ ।
पक्राउ मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको उजुरीको आधारमा प्रहरीले कारवाही अगाडि बढाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरोजलाई काठमाडौं महानगरपालिका–२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका–१५ बाट आइतबार पक्राउ गरेको हो ।
यस अघि आइतबार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले ललितपुर–२९ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–४ का ३७ वर्षीय ईन्द्र बहादुर केसी र काठमाडौं–१६ ढुङ्गेधारा बस्ने बारा करैयामाई–१ का ४६ वर्षीय बिशुनदयाल चौधरीलाई पक्राउ गरेको थियो । ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिए पछि फरार भएको पीडितहरूको उजुरीको आधारमा प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares