विराटनगर– नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भइरहेको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा पुगेको छ ।
मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । यसअघि नै मोरङ र सप्तरी फाइनलमा पुगिसकेको छ । मोरङले खेलेको तीन खेलबाट ६ अंक र सप्तरीले ३ मध्ये २ खेलमा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा रहेको हो ।
टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको थियो । सप्तरीकी साक्षी यादवले सर्वाधिक ४२ रन जोडीन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।
८२ रनको लक्ष्य पछ्याएको मोरङले १० ओभर ५ बलमा ३ विकेट गुमाई विजयी लक्ष्य प्राप्त गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।
प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना गरिएको छ ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares