विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ ।
वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सबै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सिमित भएको छ । झापाकालागि आशिष राना मगरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।
६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई उक्त लक्ष्य पूरा गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामको जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।
१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ द म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि कामतले २÷२ विकेट लिए ।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागि छन् ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares