विराटनगर– नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका कमिटीको नेतृत्वमा उपमहासचिव जनार्दन शर्मा निकट समूहले चमत्कारिक जित हासिल गरेको छ । शनिबार सम्पन्न निर्वाचनमा जनार्दन समूहका दिनेश कुमार राजवंशी (देव) अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मतमा सीमित भइन् ।
महानगर कमिटीका ८१ सदस्यले मतदान गरेका थिए । माओवादी केन्द्रको विधान अनुसार कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ । निर्वाचनमा उपाध्यक्षमा सनोज कुमार यादव (४४ मत), धर्मलाल माझी (५८ मत) र चन्द्रबहादुर वन (३६ मत) विजयी भए । सचिवमा सोनु केवटले ४२ मत र सहसचिवमा दिनेश कुमार यादव (कामत) ले ३९ मत प्राप्त गरी विजयी भए ।
न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवार केमुना ओडारी (३३ मत), चन्द्रबहादुर वन (३६ मत) र शिवराम थन्दार (३३ मत) थिए। सचिवका उम्मेदवार मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरीले ३२ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत पाइन् ।
कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महानगर अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुटबन्दी नगरी सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर आन्तरिक प्रतिस्पर्धा चर्किएपछि निर्वाचन अपरिहार्य बनेको थियो ।
जनार्दन समूहको नेतृत्व केन्द्रीय सदस्य शिवकुमार मण्डलले गरेका थिए भने दाहाल पक्षबाट मोरङ इञ्चार्ज कुलप्रसाद साम्बालगायत नेताहरू सक्रिय थिए । निर्वाचनपछि अध्यक्ष राजवंशीले प्रतिक्रिया दिँदै भने, ‘पार्टीप्रति विश्वास र जिम्मेवारी दिएकोमा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सबै मिलेर पार्टीलाई मजबुत बनाउने र विराटनगरको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ यस अघि नेकपा एमालेको मोरङ र विराटनगर चुनावमा संस्थापन पक्षसँग असन्तुष्ट समूह प्यानलसहित जितेको थियो ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares