१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

अमेरिकी डलर १३७ रुपैयाँ नाघ्यो

३ जेठ २०८२, शनिबार

विराटनगर — नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा तोकिएको छ।युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा कायम भएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८१ रुपैयाँ ५० पैसा र बिक्री दर १८२ रुपैयाँ ३० पैसा तोकिएको छ।

स्वीस फ्रयांक एकको खरिद दर १६३ रुपैयाँ ११ पैसा र बिक्री दर १६३ रुपैयाँ ८२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २० पैसा, सिंगापुर डलर एकको खरिद दर १०५ रुपैयाँ १२ पैसा र बिक्री दर १०५ रुपैयाँ ५९ पैसा तय गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ३ पैसा रहेको छ।साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।मलेसियन रिंगेट एकको खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ८८ पैसा र बिक्री दर १४ रुपैयाँ ५ पैसा, डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा तोकिएको छ।हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ १७ पैसा र बिक्री दर ४४६ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

बहराइन दिनार एकको खरिद दर ३६२ रुपैयाँ १५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७४ पैसा, ओमानी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५६ रुपैयाँ १८ पैसा रहेको छ।भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ।

#मुद्रा#को #विनिमय# दर

प्रकाशित : ३ जेठ २०८२, शनिबार 06:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved