विराटनगर– ‘नो केबलकार’ पक्षले चैत २५ देखि कोशी प्रदेश क्षेत्रमा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द तत्काललाई स्थगित गरेको छ ।
आन्दोलनरत ‘नो केबलकार’ पक्षले एशियन हाइवेबाट उत्तरी खण्ड, मेची राजमार्ग, तमोर करिडोर र धनकुटे रोड लागयतका क्षेत्रमा सवारी आवागमन बन्द गर्ने भनेको थियो । ‘नो केबलकार’ पक्षधरका अगुवामध्येका राम मादेनले मुक्कुमलुङ (पाथीभरा) केबलकारका विषयमा सर्वोच्च अदालतले गत चैत १३ मा जारी गरेको आदेशसहितका विषयलाई ध्यान दिँदै चैत २५ देखि आह्वान भएको अनिश्चितकालीन यातायात बन्द अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।
सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले पाथीभरा केबलकार निर्माण कार्य तत्काललाई यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई छलफलका लागि बोलाउने गरी पेशी तोकेको थियो । उक्त प्रालिलाई विपक्षी बनाइ निवेदक यामबहादुर लिम्बूसहितले दायर गरेको उत्प्रेषण मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको थियो ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares