विराटनगर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली नागरिकलाई भिजिट भिसामा विदेश पठाउने क्रममा रकम असुली गरेको आरोपमा अनुसन्धानमा परेका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) को नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ।
विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले नेपालस्थित आफ्नो दूतावासमार्फत भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा पठाएको स्रोतले जनाएको छ।
‘अध्यागमन कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको उच्च अधिकारी नै आर्थिक लेनदेनमा संलग्न भइ भिजिट भिसाको दुरुपयोगमा मुछिएको विषयलाई अमेरिकाले गम्भीर रूपमा लिएको छ,’ स्रोतले भन्यो, ‘यो केवल नेपालको आन्तरिक विषय होइन, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरिने अपराधलाई विश्व समुदायले कस्तो रूपमा लिन्छ भन्ने उदाहरण पनि बनेको छ।’
यसअघि पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आपराधिक गिरोहमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे र गृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत संलग्न रहेको खुल्न आएको थियो। यस प्रकरणपछि अमेरिका नेपाली अधिकारीहरूको भूमिकाप्रति चासो राख्दै आएको थियो।
#भिसा #रद्द
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares