विराटनगर– महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ । फाउण्डेशनले आइतबार पत्रकार सम्मेलन गरी म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्ड केशलीयारोड विराटनगरमा सोमबारदेखि महिला क्रिकेट प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम र मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिम सहभागी हुने फाउण्डेशनका संयोजक मन्दिप शाहले बताए । ‘चार वटै जिल्लाका जिल्ला क्रिकेट संघले पठाएका महिला क्रिकेट टिमले प्रतिस्पर्धा गर्ने छन्,’ उनले भने, ‘फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागीता अभिवृधि अभियान अन्तर्गत इक्वालिटि कप क्रिकेट आयोजना गर्दै आएका छौं ।’
फाउण्डेशनले सञ्चालन गरेको इक्वालिटि कपले घरबाट बाहिर निस्किन नसकेका युवतीहरु अहिले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएको साहले बताए । उनले मोरङकी सानु राजबंशीले मलेसियामा सम्पन्न अन्डर १९ एसिया कप, काजल भन्ने निरु राजबंशीले राष्ट्रिय र पूर्णिमा राजबंशीले कोशी प्रदेशस्तरीय क्रिकेट खेलिरहेको बताए । फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरुलाई क्रिकेट प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्याशाला सञ्चालन गर्दै आएको सुनाए ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने इक्वालिटि कपको लिगचरणमा ६ वटा र फाइनल एक गरी सात वटा खेल हुने साहले बताए । उनले लिग चरणको बिहान ९ः३० बजेदेखि सुरु भएर दैनिक दुई वटा खेल हुने बताए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares