काठमाडौँ — विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अब नेपालका बैंक तथा वित्तीय संस्थामा अनलाइनमार्फत खाता खोल्न सजिलो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको परिपत्रअनुसार विदेशमा रहेका नेपालीले अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजात पेश गरेर पनि बैंक खाता खोल्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार यसरी खोलिएका खातामा खातावाल नेपाल फर्किएपछि ३५ दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशनले सेवा सुविधा विस्तार गर्दै असक्त, अशक्त तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई समेत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातमार्फत बैंक खाता खोल्न र कारोबार गर्न अनुमति दिएको छ । नयाँ निर्देशिका अनुसार बैंकिङ पहुँच बढाउन र विदेशमा रहेका नेपाली तथा विशेष अवस्थाका व्यक्तिहरूलाई समावेशी बनाउने उद्देश्य राखिएको जनाइएको छ ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares