विराटनगर– जाजरकोटको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर शुक्रबार रति गएको भूकम्पमा ८ जना घाइते भएका छन् । रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना घाइते भएका थिए ३ जना उपचारपछि घर फर्केका छन् ।
राती ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेटमा क्रमशः ५.२ र ५.५ म्याग्निच्यूडका दुई वटा भूकम्प गएको थियो । जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम)का २ जनाको उपचार भइरहेको छ । यीमध्ये १ जनाको अवस्था गंभीर रहेको जनाइएको छ । उनीहरू भवन संरचना भत्किएर नभइ भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा वा भाग्न खोज्दा घाइते भएको जनाइएको छ ।
जाजरकोट, रुकुम (पश्चिम) र कालिकोटका केही निजी आवास तथा सरकारी भवनहरू चर्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणबाट नीकै संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा पर्ने र यस प्रकारका भूकम्पका कम्पन÷पराकम्पन जुनसुकै बेलामा आउन सक्ने देखिएकोले सुरक्षित तरिकाले बस्न प्राधिकरणले अनुरोध गरेको छ ।
साथै भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरूको उपेक्षा नगर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares