विराटनगर– पर्सामा तास खेल्ने क्रममा रकम सापटी नदिएकोमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको खुलासा भएको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी छन् । उनीहरुलाई ११ फागुनमा पक्राउ गरेर बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुले स्थानीय १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ ।
७ फागुनमा इशालप्रसाद वीरगञ्ज बजार जान्छु भनेर घरबाट निस्केका थिए । तर छोरा नफर्केपछि बुबा जोगिन्द्रप्रसादले भोलिपल्ट ८ फागुनमा खोजतलासका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए । ४ दिनपछि ११ फागुनमा स्थानीय भेडैया खोलामा उनको शव फेला परेको थियो ।
बरामद भएको मृतकको पर्स, साइकल, चप्पल, मोबाइल फोनको टेम्पर ग्लासलाई केन्द्रमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाउने क्रममा तीन जना साथीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाको छ ।
मृतकको मोबाइल प्रहरीले मुकेशको साथबाट बरामद गरेको छ । उनीहरुले त्यही दिन साँझ सुरुमा रुखमा टाउको ठोक्काएर घाइते बनाएको र पछि सर्टले घाटी कसेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । हत्यापछि सर्टले हात पछाडि लगेर बाँधेर खोलामा फालिएको थियो । मृतकको साइकल पनि घटनास्थल खोलामै छाडिएको थियो । पक्राउ परेकाहरु विरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर कारबाही प्रक्रिया अघि बढेको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares