२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

बक्यौता तिर्न उद्योगीलाई प्राधिकरणको दबाब : ५ प्रतिशतमा घटाइयो पुनरावलोकन शुल्क

द नेप्लिज संवाददाता
२९ चैत २०८१, शुक्रबार

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् लिने उद्योगीहरूसँगको बक्यौता असुली तीव्र बनाउँदै शुक्रबार प्रमुख उद्योगपतिहरूसँग छलफल गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणमा बक्यौता बाँकी रहेका उद्योगीहरूलाई बोलाएर पुनरावलोकन शुल्क घटाइएको जानकारी गराउँदै सहकार्यका लागि आग्रह गरे ।

प्राधिकरणको हालैको सञ्चालक समितिको निर्णयअनुसार बक्यौता पुनरावलोकन शुल्क १५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको हो । शाक्यका अनुसार अबदेखि विद्युत् सेवा भरपर्दो र अविच्छिन्न बनाउन एकैपटक आपूर्ति अवरुद्ध हुँदा वैकल्पिक लाइनमार्फत आपूर्ति गर्न सकिने संरचना निर्माणको तयारी गरिएको छ । तर यो प्रणाली लागू गर्न समय र ठूलो लगानी आवश्यक पर्ने भएकाले तत्काल कार्यान्वयन सम्भव नरहेको उनले स्पष्ट पारे ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योगीहरू कुनै पनि बेला कानुनी प्रक्रिया विपरीत जान नचाहेको स्पष्ट पार्दै विवाद समाधानका लागि प्राधिकरणलाई पुनरावलोकन प्रक्रियामा सघाउने प्रतिबद्धता जनाए । त्यस्तै सिमेन्ट उद्योगी संघका प्रतिनिधि ध्रुव थापाले उद्योगीहरूले मन्त्रिपरिषद्, संसद्को लेखा समिति, विद्युत् नियमन आयोग र लाल आयोगजस्ता सम्बन्धित निकायको निर्देशनअनुसार महसुल तिर्दै आएको दाबी गर्दै आफूहरू प्रयोगअनुसारको महसुल तिर्न तयार रहेको बताए । कार्यकारी निर्देशक शाक्यले विगतका विवाद र जटिलतामा नअल्झी अबको समाधानमुखी बाटो रोज्नुपर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणले केही वर्षअघि डेडिकेटेड लाइनमार्फत विद्युत् लिने ठूला उद्योगीहरूसँग दोहोरो बिलिङ गरेको भन्दै ती उद्योगीहरू अदालतसम्म पुगेका थिए । त्यसपछि लेखा परीक्षण समितिले पनि उक्त मुद्दालाई हेर्न निर्देशन दिएको थियो । प्राधिकरणले अहिलेको प्रस्ताव उद्योगीलाई राहत दिन र विवाद सुल्झाउने प्रयोजनले ल्याएको जनाएको छ ।

प्रकाशित : २९ चैत २०८१, शुक्रबार 18:24

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved