विराटनगर– विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले चेकजाँच गर्दा नेपाली नक्कली रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
भारतबाट तीन मोटरसाइकलमा आउँदै गरेकाबाट १ लाख ७६ नक्कली नेरु नोट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले महोत्तरीको सोनमा–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल–७ का दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी–२ का रामपृत सहनी र सिहानता कुमारी देवीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
मलंगवा–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तिमा लेखेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले नोट साइजको सेतो बन्डल बनाइ बिचमा सादा सेतो पेपर राखी त्यसको तल र माथि एक÷एक हजारको नेपाली नक्कली नोट राखेका थिए । उनीहरुले यसरी ८८ वटा बन्डल लिएर नेपाल आउँदै गरेको प्रहरीले बताएको छ ।
प्रहरीको विशेष टोलीले बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद गरेको छ । उनीहरु विरुद्ध मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares