पांग्राबिनै आइपुग्यो बुद्ध एयरको विमान !
विराटनगर– जनकपुरबाट बिहीबार काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच विमानले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना अवतरण गरेको छ । विमानमा ६२ जना यात्रु थिए ।
काठमाडौंका लागि पौने पाँच बजे उडेको उक्त विमानको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
’लगत्तै जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निंगमै ल्यान्डिङ गेयर भेटिएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, जहाज सुरक्षित अवतरण गरिसकेको छ ।’ उनले प्राधिकरणले विमान ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको बताए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares