२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

एयर इन्डिया र इन्डिगोका सीमावर्ती उडानहरू रद्द

द नेप्लिज संवाददाता
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौँ — भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम भएको छ । तर सतर्कता स्वरूप एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका आफ्ना केही उडानहरू रद्द गरेका छन्।

एयर इन्डियाले मंगलबार एक्स (पूर्वट्विटर) मा सार्वजनिक एडभाइजरी जारी गर्दै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको जानकारी दिएको छ।

त्यस्तै इन्डिगो एयरलाइन्सले पनि जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट मंगलबारका सबै उडान रद्द गरेको छ।दुवै एयरलाइन्सले यात्रुहरूलाई आवश्यक जानकारीका लागि आफ्नो वेबसाइट र हेल्पलाइनमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

यसबीच भारत र पाकिस्तानका सेना प्रमुख स्तरका अधिकारी (डीजीएमओ) बीच सोमबार साँझ फोन संवाद भएको थियो। उक्त संवादमा युद्धविरामको कार्यान्वयनको आगामी चरणबारे छलफल भएको बीबीसीले जनाएको छ।

#भारत-पाकिस्तान

प्रकाशित : ३० वैशाख २०८२, मङ्गलबार 09:08

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved