वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ, र भेनेजुएलाका ५ लाख ३० हजारभन्दा बढी आप्रवासीको अमेरिकामा बसोबास गर्ने अस्थायी कानुनी मान्यता खारेज गर्ने निर्णय गरेको छ । अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीलाई आगामी २४ अप्रिलअघि देश छाड्न चेतावनी दिएको छ ।
यी आप्रवासीहरूलाई पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा ’सीएचएनभी’ (क्युबा, हाइटी, निकारागुआ, र भेनेजुएला) आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो । यो कार्यक्रम सन् २०२२ मा बाइडन प्रशासनले दक्षिणी अमेरिकी सीमामा अवैध क्रसिङ रोक्न र अमेरिका प्रवेश गर्नेहरूको राम्रो जाँच गर्न सुरू गरेको थियो । तर ट्रम्प प्रशासनले यो कार्यक्रम असफल भएको जनाउँदै खारेज गर्ने निर्णय गरेको हो ।
आन्तरिक सुरक्षा मन्त्रालयले ’सीएचएनभी’ कार्यक्रमले अमेरिकी कामदारहरूको रोजगारीमा कटौती गरेको र कार्यक्रमको प्रचार गर्दा ठगी पहिचान हुँदा पनि निजामती कर्मचारीहरूलाई बाध्य पारेको आरोप लगाएको छ । यद्यपि संघीय दर्तामा भएको ३५ पृष्ठको सूचनामा ’सीएचएनभी’ अन्तर्गत अमेरिकामा रहेका केहीलाई व्यक्तिगत अवस्थाका आधारमा अनुमति दिइने उल्लेख छ।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले रुससँगको द्वन्द्वको समयमा अमेरिका आएका करिब २ लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी स्थिति रद्द गर्ने कि नगर्ने भन्ने विषयमा पनि विचार गरिरहेका छन् । यस निर्णयले प्रभावित आप्रवासीहरूको भविष्य अन्योलमा परेको छ भने आप्रवासी अधिकारकर्मीहरूले यस कदमको आलोचना गरेका छन् ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares