२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

'साँझपख लोडसेडिङ हुने अवस्था'

द नेप्लिज संवाददाता
६ चैत २०८१, बुधबार

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै, मन्त्री खड्काले हाल भारतबाट करिब ८३० मेगावाट विद्युत् आयात भइरहेको र स्वदेशी उत्पादन करिब १,००० मेगावाट रहेको जानकारी दिए। यो आपूर्ति साँझको समयमा माग पूरा गर्न अपर्याप्त भएकाले लोडसेडिङको अवस्था सिर्जना भएको उनले बताए।

मन्त्री खड्काले अघिल्लो समयमा लोडसेडिङ अन्त्य भएको भनिए पनि उद्योगहरूमा लोडसेडिङ कायमै रहेको उल्लेख गरे। उनका अनुसार भारतबाट विद्युत् आयात गरेर मात्र माग धान्न कठिन भइरहेको छ। उनले भने, 'उज्यालो नेपालको नायक कुलमान घिसिङ नभई भारत र निजी क्षेत्र हुन्, । प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको दाबी गरे।

साथै, मन्त्री खड्काले चमेलिया जलविद्युत् आयोजनामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको जानकारी दिए। बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए।

यसैबीच नेपाल विद्युत् प्राधिकरणले भने भारतबाट दिनको १२ घण्टा मात्रै विद्युत् आयात भए पनि सर्वसाधारण उपभोक्तालाई लोडसेडिङको समस्या नहुने जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, उद्योगहरूमा भने पिक आवरमा विद्युत् कटौती हुन सक्नेछ। यसरी, ऊर्जा आपूर्तिको वर्तमान अवस्थाले साँझको समयमा लोडसेडिङको सम्भावना देखाएको छ, जसले गर्दा सर्वसाधारण उपभोक्ताहरूले पनि लोडसेडिङको सामना गर्नुपर्ने हुन सक्छ।

 

प्रकाशित : ६ चैत २०८१, बुधबार 17:42

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved