काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् । जिपि कोइराला फाउण्डेशनले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा कोइरालाले दुई तीहाईको सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नरहेको अवस्थामा अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् ।
‘मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सहि दिशा दिनका लागि सरकारले गरेका गलत कामलाई गलत भन्न नसकिए कांग्रेसको औचित्य रहँदैन,’ उनले भने, ‘सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएकोले नियन्त्रणकारी व्यवस्था हटाएर मात्रै संसदबाट पारित हुनुपर्छ ।’
कांग्रेस–एमालेले दुई तिहाइको बलमा संविधान संशोधन गर्न नहुने भन्दै कोइरालाले संविधान संशोधनका लागि माओवादी लगायतका दलहरुसँगको सहमतिका आधारमा सबैलाई अपनत्व हुने गरी अघि बढ्नुपर्ने बताए।
उनले राजनीतिमा सहकार्य गरेर अघि बढ्ने गिरिजाप्रसाद कोइरालाको नीतिलाई स्मरण गर्दै कांग्रेसलाई अघि बढाउन व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताए।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares