विराटनगर- काेशी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियाेगिताकाे आयाेजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन खेलमा माेरङलाई २ विकेटले पराजित गर्दै च्याम्पियन भएकाे हाे ।
च्याम्पियन आयोजक मिल्स क्रिकेटले १ लाख १ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएकाे छ । उपबिजेता बनेको माेरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
माेरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्दै च्याम्पियन भएकाे हाे । आयोजकको जितमा कृष शर्माले २४ रनकाे याेगदान गरे । उनले १९ बलमा दुई चौका प्रहार गरे । सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए । उनले १ चौका प्रहार गरे । उनी खेलको प्लयेर अफ द म्याच घोषित भए । प्रशान्त साहले अविजित १२ बलमा १३ रनकाे पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए । निरज मुखियाले ६ बलमा १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए ।
माेरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको माेरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो । कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । कृतिक कामतले ४३ बलमा ३४ रन बनाए । उनले २ चौका प्रहार गरे । कपिल मण्डलले अविजित १० बलमा २५ रनको योगदान दिए । माेरङका अन्य ब्याटरले दोहोरो अंक जाेड्न सकेनन् ।
आयोजकका जोशक खड्काले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए भने प्रशान्त साह र सौगात भट्टराईले समान १–१ विकेट लिए ।
खेलको प्यलेर अफ द सिरिज मोरङका मिनस थापा घोषित भए । उनले नगद १५ हजार प्रापत गरे । बेस्ट ब्याटरमा आयोजकका मुकुन्द यादव, र बेस्ट बलरमा उदयपुर जिल्लाका तेज आचार्य घोषित भए । उनीहरुले जनही ११ हजार रुपैयाँ प्रापत गरे ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता हुने टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष बिन्द्या कार्की, जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य शान्ता जोशी, मिल्स क्रिकेट क्लब एन्ड एकेेडेमीका अध्यक्ष मुरा री चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares