विराटनगर- विणा फाउण्डेशनले आयाेजना गरेकाे काेशी विचार उत्सव विराटनगरमा बिहीबारबाट सुरू भएकाे छ ।
विचार उत्सवकाे उद्घाटनपछि मुख्यमन्त्री हिक्मतकुमनर कार्कीले पर्वहरूमा उत्सव मनाउने हामी आज विचारकाे उत्सव सुरू हुँदा खुशी लागेकाे बताएका छन् ।
´सामाजिक सञ्जालमा नकारात्मक भावनाकाे भेल आइरहेकाे बेला नवयुवाहरूले मुर्धन्य व्यक्तित्वहरूलाई आमन्त्रण गरेर खुल्ला सडकमा विचार उत्सव गर्नु खुशीकाे विषय हाे,` उनले भने, ´विभिन्न पर्वहरूकाे उत्सव मनाइ रहेकाे बेला विचारकाे उत्सव मनाइरहेकाे अवस्थामा
नेपाल अहिले केही वर्षदेखिकाे घटना क्रमले विदेशमा कसरी चिनाउँदै हाेला भन्ने थाहा भएन त्यसैले याे उत्सवले संसारमा काेशीलाई पुर्याउनेछ ।`
संविधान र कानूनकाे कुरा गर्न हुन्न र मुठभेडकाे समस्यालाई पनि याे उत्सवले सतहमा ल्याउने मुद्यमन्त्री कार्कीले विश्वास व्यक्त गरेका हुन् ।
´देश र प्नीरदेहले अहिले नीतिगत क्षेत्रमा डिपार्चर खाेजिरहेकाे छ,` उनले भने, ´विश्व संसार भइसकेकाे अवस्थामा हामी जातिवादमा बाँधिन गइरहेका छाैं । यी विषय कसरी बुझ्ने र बुझाउने । यसलाई पनि याे उत्सवले विचारकाे समाधान दिन सफल बनाेस् ।`
कार्यक्रममा पत्रकार दिलभुषण पाठकले विचार, उद्याेग, व्यवसनयकाे भूमी विराटनगरमा भइरहेकाे याे उत्सवले विचारकाे नयाँ आयाम खाेज्न सफल हुने शुभकामना दिए ।
पूर्वप्रदेश प्रमुख राजेश अहिराजले जनकपुरमा पाैराणिककालमा भइरहेकाे विचार मन्थनले समृद्ध बनेकाे तत्कालिन मिथिलाकाे परम्परा याे उत्सवले अंगाल्ने विश्वास व्यक्त गरे ।
काेशी प्रदेशका डिआइजी राजन अधिकारीले विकासकाे निरन्तरता तथा दिगाेपनमा शुरक्षाकाे महत्व अत्यधिक रहेकाे बताए । माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राजनीतिक विचार, साहित्य र उद्याेगकाे शुभारम्भ भूमी विराटनगरमा भइरहेकाे याे विचार उत्सवले यहाँका सबै क्षेत्रकाे विचारलाई प्रतिनिधित्व गर्दै समस्या र समाधानकाे पाटाे पहिल्याउने विश्वास व्यक्त गरेका हुन् ।
विचारकाे उत्सव उद्घाटनपछि ´काेशी प्रदेशकाे समस्या र समाधानका उपायहरू` विषयक प्रस्ताेता ऋषि धमलाले मुख्यमन्त्री कार्कीसँग छलफल, वहस सुरू भएकाे छ ।
साहित्य/कला
प्रगतिशील लेखक संघको अभियान ‘टोलटोलमा साहित्य’
द नेप्लिज संवाददाताजनकपुरधाममा जानकी जन्मोत्सव सुरु, दैनिक श्रीराम कथा वाचनदेखि डोला शोभा यात्रासम्मको तयारी
द नेप्लिज संवाददाताबैसाख २६ गते विराटनगरमा दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति
द नेप्लिज संवाददाताआज अक्षय तृतीया र शिव–पार्वती विवाह महोत्सव
द नेप्लिज संवाददातारातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares