विराटनगर- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदाे वर्षकाे बजेट, नीति तथा कार्यक्रममार्फ ढाका कपडालाई काेशी प्रदेशकाे पाेशाक बनाउने घाेषणा गरेका छन् ।
नेपाल उद्याेग बाणिज्य महासंघ काेशीकाे महिला उद्यमी विकास समितिले विराटनगरमा आयाेजना गरेकाे तीन दिने ढाका महाेत्सवकाे बिहीबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले स्थानीय उत्पादनकाे प्रबर्धन, बजारीकरण र अन्तर्राष्ट्रियकरणका लागि प्रदेश सरकार अघि बढिसकेकाे बताएका हुन् ।
कार्यक्रममा उद्याेग बाणिज्य महासंघ काेशीका अध्यक्ष राजेन्द्र राउतले महाेत्सव ढाका कपडाले यस क्षेत्रका महिलाकाे उद्यमशीलता उजागर भएकाे बताएका छन् । ´ढाका कपडालाई काेशी प्रदेशकाे ब्राण्ड बनाउनुका साथै प्रबर्द्धन कसरी गर्ने र यसकाे उत्पादन र बजारीकरणमा सरकारकाे ध्यान जानू आवश्यक छ,` उनले भने, ´ढाका कपडाकाे प्रबर्द्धन गर्न सकिए लगानी भित्र्याउनुका साथै राेजगारी वृधि गर्दै अर्थतन्त्रमा पनि याेगदान पुग्छ ।` उनले स्थानीय उत्पादनकाे प्रबर्द्धनकाे जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने माग गरे ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले ढाका कपडाकाे बजार प्रबर्द्धनका लागि उत्पादकहरूले स्थान र समय सुहाउँदाे उत्पादन गर्नु पहिलाे आवश्यक्ता भएकाे बताएका छन् । ´ढाका कपडा महंगाे, माेटाे र गह्रुंगाे हुने गरेकाेले तराई-मधेसमा गर्मीकाे समयमा लगाउन सकिँदैन र पहाडमा जाडाे हुँदा पनि त्याे मात्रै लगाएर हुँदैन,` उनले भने, ´ त्यसैले गर्मी र जाडाे दुबै ठाउँमा उपयाेगी र सर्वसाधारणले खरिद गर्न सक्ने सस्ताे हुनुपर्छ ।` उनले उत्पादित ढाका कपडाकाे संकलन केन्द्र स्थापना गरि बितरण प्रणाली व्यवस्थित बनाउनु आवश्यक रहेकाे बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ्ले ढाका कपडालाई कर्मचारीकाे पाेशाक बनाउन छलफल सुरू भइसकेकाे बताएका हुन् ।
कार्यक्रमकाे बारेमा महाेत्सव संयाेजक तथा उद्याेग बाणिज्य महासंघ काेशी महिला उद्यमी विकास समिति सभापति सरू केसीले जानकारी गराएका थिए । तीन दिनसम्म चल्ने महाेत्सवमा फेसन शाे, तान बुनाई प्रतियाेगिता र उत्पादक, बितरक र उपभाेक्ताबीच संवाद, छलफल गरि समस्या पहिचान र समाधानकाे उपाय खाेज्ने कार्यक्रम रहेकाे सभापति केसीले बताइन् ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares