विराटनगर– ब्रम्हाकुमारी राजयोग सेवा विराटनगरले विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम दिइएको छ । तनावरहित जनप्रतिनिधि र कर्मचारीले मात्रै प्रभावकारी सेवा दिन सक्ने भन्दै ब्रम्हाकुमारी राजयोगले तालिम दिएको हो ।
महानगरको सभाहलमा आयोजित तालिममा महानगर प्रमुख नागेश कोइरालाले तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न हौसला प्रदान गरेको बताए । ब्रम्हाकुमारी राजयोगका प्रशिक्षक राजु घलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । उनले सुख र दुःख आफूभित्रै हुने बताउँदै जीवनलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा रहेको बताए । सुख–दुःख, खुसी–दुःखी, आशा–निराशा, सफलता–असफलता, सकारात्मक–नकारात्मक आफ्नै कारणले हुने उनको भनाइ थियो । प्रशिक्षक घलले सँगै मनमा सकारात्मक विचार लिनुपर्नेमा जोड दिए ।
ब्रम्हाकुमारी गीता कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, जितन थापा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।
स्थानीय सरकार
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददातामहानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares