विराटनगर– अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेको बेला विराटनगर महानगरपालिकाले गर्मी छल्न ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ । विराटनगरको १ नम्बर वडाले ज्येष्ठ नागरिकहरुलाई पंखा वितरण गरेको हो ।
वडाध्यक्ष काजीबहादुर बस्नेतले ८० वर्ष उमेर पूरा गरेका ४५ जना ज्येष्ठ नागरिकहरुलाई पंखा वितरण गरेका छन् । वडाले विपन्न गरीव परिवारका जयेष्ठ नागरिकलाई गर्मीबाट राहत दिन गतवर्षदेखि ल्याएको पंखा वितरण कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएको हो ।
‘गर्मीले अस्तव्यस्त बनेको ज्येष्ठ नागरिकको दैनिक जीवनमा पंखा प्राप्तीले सहजता ल्याउने विश्वास छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘स्थानीय सरकारका लागि सबै नागरिक बराबर रहेकोले देश, समाज र परिवारका लागि जीवनभरि योगदान गरेका ज्येष्ठ नागरिकका लागि यो सानो पंखा सम्मान पनि हो ।’
वडा सदस्य लक्ष्मी राई, वडासचिव सुमन दाहाल, विद्युत शाखा सुमन कामत र दुर्गा पण्डितका साथ वडाध्यक्ष बस्नेतले प्रत्येक ज्येष्ठ नागरिकको घर घरमा पुगेर पंखा वितरण गरेका हुन् । बस्नेतले गतवर्ष १३६ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएका थिए । वडाभित्र ८० वर्ष उमेर पूरा भएका १८२ जना ज्येष्ठ नागरिक मात्रै भएकाले धनी गरीव नछुट्याइ प्राथमिकता क्रममा सबैलाई पंखा उपलब्ध गराएको बस्नेतको भनाइ छ ।
अध्यक्ष बस्नेतले वडाको बजेटले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रासमेत गराउँदै आएका छन् ।
स्थानीय सरकार
निमितको भरमा नगरपालिका चलाउन खोज्दा स्थानीयवासीले गरे राजविराज नगरपालिकामा तालाबन्दी
द नेप्लिज संवाददाताअत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददातामहानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares