११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

इग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा

द नेप्लिज संवाददाता
३१ जेठ २०८२, शनिबार

विराटनगर– इग्नाइट फाउण्डेशन विराटनगरले अत्यधिक गर्मी बढेको अवस्थामा विराटनगर बजारमा दैनिक कामका लागि आएको सेवाग्राही तथा उपभोक्तालाई चिसो पानी खुवाउन सुरु गरेको छ ।
 
विराटनगरस्थित ट्राफिक चोकमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी वितरण शुभारम्भ गरेका थिए । पहिलो दिन शनिबार फाउण्डेसनले सर्बत पानी र चिसो पानी वितरण गरेको अध्यक्ष आश्रेय कोइरालाले जानकारी दिए ।

‘बढ्दो तापक्रमसँग लड्न पानी पिउनुहोस्, हाइड्रेटेड रहनुहोस्’ भन्ने नाराका साथ फाउण्डेसनले गर्मीभरि निःशुल्क शुद्ध जलसेवा प्रदान गर्ने अध्यक्ष कोइरालाको भनाइ थियो । 

कार्यक्रममा प्रजिअ यादवले इग्नाइट फाउण्डेसनले अत्यन्तै राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । युवाहरुमा समाजसेवाप्रतिको भाव प्रकट हुनु निकै खुसीको कुरा भएको यादवको भनाइ थियो । 

उनले इग्नाइट फाउण्डेसनमा आबद्ध युवाबाट समाजका अन्य युवाहरुले पनि प्रेरणा लिन सक्ने बताए । केही दिनदेखि विराटनगरसहित तराईमा अत्यधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै आएको छ । 

प्रकाशित : ३१ जेठ २०८२, शनिबार 13:10
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved