काठमाडौँ — हिन्दु राष्ट्रको मागलाई लिएर विभिन्न धार्मिक संघसंस्थाहरूले काठमाडौँमा मंगलबार शान्तिपूर्ण र्याली गरेका छन् । ॐकार परिवारअन्तर्गतका संस्थाहरूको संयोजनमा निकालिएको उक्त ‘सद्भाव र्याली गौशालाबाट सुरु भइ पुरानो बानेश्वर हुँदै मैतिदेवी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सहभागीहरूले हिन्दु राष्ट्र पुनःस्थापनाका साथै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा विभिन्न नारा र प्लेकार्ड बोकेका थिए । आयोजकहरूका अनुसार यो प्रदर्शन कुनै दलविशेषको पक्ष वा विपक्षमा नभइ शुद्धरूपमा धार्मिक चेतना र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले गरिएको हो ।
२०६३ सालको जनआन्दोलनपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो । त्यसयता समय–समयमा विभिन्न धार्मिक समूह, नागरिक अभियन्ता तथा केही राजनीतिक दलहरूले हिन्दु राष्ट्र पुनःस्थापनाको माग उठाउँदै आएका छन् ।
उनीहरूको तर्कमा धर्मनिरपेक्षताले धार्मिक स्वतन्त्रता त दिइरहेको छ तर ऐतिहासिक रूपमा हिन्दु राष्ट्रको पहिचानलाई बिर्सिएको आरोप लागिरहेको छ । पछिल्लो समय संविधान संशोधनमार्फत पुनः हिन्दु राष्ट्र स्थापनाको माग केही समूहहरूबाट तीव्र रूपमा उठ्न थालेको छ । तर बहुसांस्कृतिक समाजमा धार्मिक सहिष्णुता र समानताको सन्देश समेत सँगै ल्याउने प्रयास उनीहरूले गर्दै आएका छन् ।
कोणसभामा बोल्ने वक्ताहरूले आफूहरूको आन्दोलन अहिंसात्मक, लोकतान्त्रिक र शान्तिपूर्ण भएको दाबी गर्दै राज्यसँग संवादको माध्यमबाट आफ्नो मागहरू प्रस्तुत गर्ने बताएका छन् । उनीहरूको भनाइमा हिन्दु राष्ट्र स्थापनाको माग कुनै समुदायविरुद्ध नभएर साझा सांस्कृतिक जरा र ऐतिहासिक पहिचानको संरक्षणका लागि हो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares