काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर-९ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
सिंहले एक व्यक्तिलाई माल्टा पठाउने प्रलोभनमा पारेर ७ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका-६, सरस्वती कोलोनीबाट पक्राउ गरेको हो।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। यसअघि पनि माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने घटनाहरू सार्वजनिक भएका छन्। कास्कीको पोखरा महानगरपालिका-१३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। गुरुङले माल्टामा प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रुपैयाँ तलब हुने प्रलोभन देखाएर ठगी गरेका थिए।
त्यस्तै सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई पनि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव राख्दै ठगी गर्नेहरूप्रति सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। वैदेशिक रोजगारीका लागि जाने क्रममा आधिकारिक तथा प्रमाणित संस्थामार्फत मात्र प्रक्रिया अघि बढाउन र कुनै पनि प्रलोभनमा नपर्न सुझाव दिइएको छ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares