२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

प्रदेश सरकारहरुले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आज बजेट ल्याउँदै

द नेप्लिज संवाददाता
१ असार २०८२, आइतबार

विराटनगर– देशभरिका सात वटै प्रदेश सरकारहरुले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर आज आउँदो वर्षका लागि बजेट ल्याउन लागेका छन् । 

कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२–८३ को लागि ३७ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ । गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख यथार्थपरक  बजेट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यस वर्ष आउँदो वर्षका लागि एक देखि डेढ अर्ब बढाएर ३७ अर्ब हाराराहीको बजेट ल्याउन लागेका छन ।  

मन्त्री मगरले ल्याउन लागेको बजेट भौतिक पूर्वा क्षेत्र र मानवीय विकासलाई प्राथमिकतामा राखेर ल्याउन लागेको हो । पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले पर्यटन क्षेत्रको संरचनागत विकास गर्ने लिएको लक्ष्य र भौतिक पूर्वाधार सम्पन्न प्रदेश बनाउने उद्देश्यले बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । यसका साथै मानवीय विकासलाई दोस्रो प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो । 

प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागे पनि ५० हजारमुनिका कुनै पनि योजना नराख्ने भएको छ । ठूला र ठोस योजनामा मात्रै बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकारले बजेटलाई व्यवस्थित गर्नका लागि प्रदेश योजना बैंक कार्यविधि ल्याएर योजना बैंकमा योजनाहरु प्रविष्ट गरेका छन् । योजना बैंकमा प्रविष्ट भएका योजनाहरु मात्रै बजेटमा राख्ने प्रदेश सरकारको नीति रहेको छ । 

प्रदेश सरकारले प्रदेश सांसदहरुलाई चित बुझाउनका लागि प्रत्यक्ष निर्वाचितलाई २ करोड ५० लाख र समानुपातिकबाट निर्वाचितलाई १ करो ५० लाखको योजना बजेटमा समावेश गर्न लागेको हो । तर सत्ता पक्षका सांसदहरुलाई ५ करोडसम्मको योजना बजेटमा राख्ने भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री मगरले प्रदेशसभामा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कायूसूची रहेको छ । 

यस्तै मधेस सरकारले पनि भौतिक पूर्वाधार र मानवीय विकासलाई नै प्राथमिकतामा राखेर गत वर्षभन्दा करिव दुई अर्ब बढी ४६ अर्ब हाराहारीको बजेट साँझ ४ बजे प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बाँकी प्रदेस सरकारले दिउँसो ३ बजे नै प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित : १ असार २०८२, आइतबार 11:35

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved