विराटनगर– अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र बेपत्तासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा विवादित बनेकी महोत्तरी जिल्ला अदालतका न्यायाधीश फणेश्वरी घिमिरलाई सर्वोच्च अदालतमा तानिएको छ । न्यायाधीश घिमिरेको काज सरुवाको पत्र सोमबार साँझ सर्वोच्च अदालतबाट आएको थियो । न्यायाधीश घिमिरे मंगलबार काठमाडौं गइसकेकी छिन् । मुद्दाको नियमित सुनवाइका क्रममा इजलास नम्बर–६ की न्यायाधीश घिमिरे र अदालतका कर्मचारी मृतक झाको घरमा पुगेर कुराकानी गरेपछि विवादमा परेकी हुन् ।
न्याय परिषद्ले सोमबार घिमिरेको इजलासमा रहेको महोत्तरीको पिपरा सहोडवाका मुसाफिर झा र गीतादेवी झा हत्या मुद्दाको मिसिलको प्रमाणित प्रतिलिपि मागेको थियो । हाल थुनामा रहेका मुख्य आरोपी भारतीय नागरिक हरेन्द्र ठाकुर हत्यामा संलग्न भएको प्रमाण नरहेको बताएको सार्वजनिक भएपछि न्यायाधीश घिमिरे विवादित बनिन् । घरमै गएर न्यायाधीशले गरेको संवाद, इजलास नं. ६ मा लगातार ५ पटक पेसी पर्नु, अन्य इजलासमा पेसी पर्दा अभियुक्तहरूका तर्फबाट पेसी सार्ने घटनाक्रमले पनि उनी शंका र विवादको घेरामा परेकी हुन् ।
२०७७ साल फागुन ११ मा पिपरा गाउँपालिका–५ सहोडवाका झा दम्पतीको अपहरणपछि हत्या भएको थियो । चैत १२ मा पिपरा–मटिहानी सडकखण्डमा रहेको कल्भर्टनजिकै बोरामा सडेको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रहरीले हत्यामा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हत्या आरोपमा पिपरा गाउँपालिका–५ का ७२ वर्षीय तेजनारायण झा, अंशु झा, कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, रजिन्द्र यादव, तारादेवी झा, बबलु झासहित भारतीय नागरिक मधुबनीको तरैया ग्रामपञ्चायत–२ अंदौलीका हरेन्द्र ठाकुर पक्राउ भए । हत्यामा आरोपमा पक्राउ परेका ३ जना कैलाश यादव, हरेन्द्र ठाकुर र रामबाबु यादव पुर्वपक्षका लागि थुनामै छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares