विराटनगर- गृहमन्त्री रमेश लेखकले राजालाई प्रश्न गर्न र गल्ती गरेकाे अवस्थामा कारवाही गरेर जेल हाल्न पाइन्छ ? भन्दै राजा फर्काउने आन्दाेलनमा लागेकाहरूलाई प्रश्न गरेका छन् ।
माेरङ कारागारमा नव निर्मित भवनकाे मंगलबार उद्घाटनपछि गृहमन्त्री लेखकले लाेकतन्त्रमा जाेसुकैलाई प्रश्न गर्न र गल्ती गरेकाे अवस्थामा कारवाही गरेर जेल हाल्न पाउने व्यवस्थाभन्दा प्रश्न नै गर्न नपाउने व्यवस्था उपयुक्त हुन नसक्ने बताएका हुन् । ´देशमा २३ वर्ष उमेरसम्मका युवा युवतीले प्रत्यक्ष रूपमा राजतन्त्रकाे अनुभूति गर्न पाएका छैनन्, राजातन्त्र समाप्त भएकाे १८ वर्ष जति भएकाे छ,` उनले भने, ´२३ वर्ष उमेरसम्मका युवा युवतीले लाेकतन्त्रमा प्रश्न गर्न, गल्ती गरे कारवाही हुने र राजतन्त्रमा राजालाई प्रश्न गर्न र गल्ती गरे पनि कारवाही गर्न नपाउने कुरा बुझ्नु आवश्यक छ ।`
लाेकतन्त्रमा सत्ता पक्षलाई प्रतिपक्षले प्रश्न गर्ने र सत्ता पक्षले जवाफदेही भएर प्रश्नकाे जवाफ दिएर जपाफदेहिता निर्वाह गर्नै पर्ने व्यवस्था रहेकाे मन्त्री लेखकले बताएका हुन् । ´जनताप्रति जवाफदेही नभएकालाई जनताले फालेर विकल्पमा अर्काे नेतालाई निर्वाचित गर्दै आएकाे छ,` उनले भने, ´जनताप्रति, जनताकाे कामप्रति सरकार जवाफदेही हुनै पर्छ त्यसका लागि प्रतिपक्षी दलले प्रश्न उठाउने गर्छन् । राजतन्त्रमा राजा कसैप्रति जवाफदेही नहुने गरेकाे सर्वविदितै छ ।`
उनले प्रतिपक्षी दललाई जनताकाे प्रश्न उठाएर सत्ता पक्षलाई सचेत गराइ राख्नु लाेकतान्त्रिक धर्म भएकाे बताएका हुन् । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल माेदीले गभर्नर नियुक्तिमा भएकाे ढिलाईप्रति उठाएकाे प्रश्नकाे जवाफमा मन्त्री लेखकले कर्मचारीकाे नियुक्ति, सरूवा, बढुवा नियमित प्रशासनिक कार्य भएकाे र त्याे विधि र प्रक्रिया बमाेजिम हुने बताएका छन् ।
अहिलेका प्रधानमन्त्रीलाई १० महिनामा सदनमा अविश्वासकाे प्रस्तावकाे सामना गर्नु नपरेकाे र स्थिर सरकार रहेकाे उनले बताएका हुन् । अहिलेका स्थिर सरकारले गर्दा अर्थतन्त्रका सूचकहरूमा सुधार, महंगी नियन्त्रण, सुशासन वृधि क्रमिक रूपमा भइरहेकाे मन्त्री लेखकले बताएका हुन् । उनले १० महिनाकाे अवधिमा नै सुधारकाे सूचक देखिन कठीन हुन्छ तर त्याे भइरहेकाेले निरास भएका जनतामा आशा पलाएकाे दावी गरेका छन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares