विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति गर्न बाध्य भएको बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष दाहालले निजामति कर्मचारी सेवा र शिक्षा ऐन संसदबाट छिटो पारित गर्नुपर्ने लगायतको विषयले सहमति गर्नुपरेको भन्दै निरिहता व्यक्त गरेका हुन् ।
‘भिजिट भिषाको सम्बन्धमा छानविन, अध्ययन गरेर आवश्यक नीतिगत संरचना बनाउन एक महिनाभित्र छानविन समिति गठन गर्ने सहमति भएको छ,’ उनले भने, ‘भिजिट भिषाको विषय अहिलेको गृहमन्त्रीसँग मात्रै सम्बन्धित छैन । यो अत्यन्तै गम्भिर र संवेदनशील छ ।’ सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले अहिलेको सहमति उधारो नभएको र उधारो भए एक महिनापछि पुनः लड्ने बताएका छन् ।
उनले अहिलेको यो सहमतिले भिजिट भिषाको सम्बन्धमा छानविन र अध्ययन कसरी अघि बढ्छ त्यसले नेपाली कांग्रेससँगको समन्ध सुधार हुने, नहुने निश्चित हुने बताएका हुन् । ‘भिजिट भिषा प्रकरणमा सदन अबरोध गरेर कुनै गल्ती नगरेको र यो विषयमा सरकारको गम्भिरता र संवेदनशीलता देखियोस् भनेर विरोध गरेर सहमति गरियो,’ उनले भने, ‘यो सहमतिमा सत्तासँग सबन्धित कुनै कुरा छैन र द्वन्द्वकालको घटनामा अग्नी सापकोटामाथि छानविन नगरियोस् भनेर पनि साटेको होइन, यो वाहियात कुरा हो । यो सहमति र अग्नी सापकोटाको विषयबीच कुनै सम्बन्ध छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफू एउटै भएको भास्य निरंकुशतावादी, राजावादी र अराजकतावादीले निर्माण गरेको र सबैको आ–आफ्नै विचार, सिद्धान्त र लाइन भएको उनले स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले पार्टीका नेता जनार्दन शर्मालाई पार्टी छोड्न आफूले नभनेको र यो एकदमै वाहियात कुरो भएको बताए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares