विराटनगर– एक युवा जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त नवलपरासी पश्चिमको घटनामा दुई पक्षबीच सहमती भएको छ ।
झडपमा संलग्न केटा पक्ष, केटी पक्ष र प्रशासनका बीच बिहीबार सहमति भएको हो । ‘प्रशासन र उहाँहरूबीच सहमति भइसकेकोले शव बुझेर दाहसंस्कार गरिसक्नु भएको छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने । अहिले नवलपरासी प्रहरीको हिरासतमा ६ जना छन् । सत्य तथ्य छानबिन गरेर निर्दोष देखिएमा उनीहरूलाई छाड्नेबारे सहमतिपत्रमा उल्लेख छ । दोषीमाथि कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनेबारे सहमति गरिएको रेग्मीले बताए ।
केटीका दाजुले चलाएको भ्यानको ठक्करबाट विजय धवलको मृत्यु भएको थियो । नवलपरासी पश्चिमको पालिनन्दन गाउँपालिका–३ बेलासपुरकी सहाना खातुन र डाक्टर धोबीबीचको प्रेम सम्बन्ध पछि विवाहले निम्त्याएको आक्रोशका कारण मंगलबार हिंसात्मक घटना भएको थियो । यो विषयलाई लिएर दुवै परिवार बीच करिब दुई महिनादेखि विवाद भइरहेको थियो ।
एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटेका थिए । आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ । केटीका दाइले पिकअप भ्यानले ठक्कर दिंदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये धवलको मृत्यु भएको थियो । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाथ लौनियाको उपचार भइरहेको छ । त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान समेत जलाइएको थियो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares