विराटनगर– राजावदीहरुले आन्दोलनका क्रममा सार्वजनिक पसल, घर, कार्यालयमा शुक्रबार तोडफोड गर्दै लुटपाटमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी श्रषिराम तिवारीले बनोश्वर तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । २०८१ साल चैत १५ गते अपरान्ह ४ः२५ बजेदेखि राती १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने कर्फ्यू आदेशमा उल्लेख छ ।
आदेशमा गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वरसम्म चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरिएको छ ।
आन्दोलनकारीहरुले भाटभटेनी सुपरमार्केटमा तोडफोड् गर्दै लुटपाट गरेको, सडकछेउको घरहरुमा ढुंगा प्रहार गर्दै आगजनी गर्दै आन्दोलन अनियन्त्रित भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares