विराटनगर– अमेरिकाले पछिल्ला तीन महिनामा ७२ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ । शनिबार मात्र तीन नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरू दाङ, पर्वत र रुकुम पश्चिमका बासिन्दा हुन् जो अवैध रूपमा अमेरिका पुगेका थिए ।
अमेरिकाको इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) ले पक्राउ गरी नेपाल पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार चार्टर्ड विमानमा चार बंगलादेशी नागरिक पनि थिए जसलाई ढाकामा छाडिएको थियो ।
अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता आप्रवासीविरुद्धको धरपकड तीव्र भएको छ । जनवरी २०, २०२५ देखि मार्चसम्म ३६ नेपाली निष्कासित भएका छन् जसमा २८ जना नियमित उडानमार्फत र ८ जना चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका छन् ।
बाइडेन प्रशासनको चार वर्षे कार्यकालमा १३२ नेपालीलाई आईसीईले पक्राउ गरी १३० जनालाई निष्कासन गरेको थियो । तर ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता मात्र तीन हप्तामा २२ नेपाली निष्कासित भएका छन् ।
अमेरिकामा अवैध रूपमा प्रवेश गर्ने नेपालीहरूको संख्या पनि बढ्दो छ । बाइडेन प्रशासनको कार्यकालमा करिब ९ हजार नेपाली भिसा बिना अमेरिका प्रवेश गरेका छन् । यसमा जसमा २ हजार ८ सय जना आईसीईको थुनामा परेका थिए ।
नेपाल फर्काइएका नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले प्रक्रिया पूरा गरी मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँछ । ब्युरोले प्रारम्भिक सोधपुछपछि उनीहरूलाई छाड्ने गरेको छ । तर मानव तस्करीको सञ्जालबारे जानकारी संकलन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अमेरिकाबाट निष्कासित नेपालीहरूको संख्या बढ्दै जाँदा मानव तस्करीको सञ्जाल सक्रिय रहेको संकेत मिलेको छ । प्रवेशका लागि नेपालीहरूले मानव तस्करलाई ५० हजारदेखि १ लाख अमेरिकी डलरसम्म तिर्छन् ।
जानकारहरुका अनुसार नेपाल सरकार र सम्बन्धित निकायहरूले मानव तस्करी रोक्न र अवैध आप्रवासन नियन्त्रण गर्न कडा कदम चाल्न आवश्यक छ । यसका लागि अन्तर्राष्ट्रिय सहकार्य र प्रवासी नेपालीहरूलाई सचेतना कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी देखिन्छ ।
अर्थ/वाणिज्य
हिमनदीको काखमा बनेको गंगापूर्ण ताल
द नेप्लिज संवाददाता६ सय ६१ उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस, तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाइने
द नेप्लिज संवाददातावैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन पक्राउ
द नेप्लिज संवाददातामकालु हिमाल आरोहणका क्रममा अमेरिकी पर्वतारोहीको मृत्यु
द नेप्लिज संवाददाताभारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर यात्रा पुनः सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares