२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

सगरमाथा आरोहणका लागि २१४ जनाले अनुमति लिए, ३६ करोडभन्दा बढी रोयल्टी संकलन

द नेप्लिज संवाददाता
१ वैशाख २०८२, सोमबार

प्राकृतिक सौन्दर्य र साहसिक रोमाञ्चको केन्द्रविन्दु बनेको सगरमाथा हिमाल वसन्त ऋतुमा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यही कारण यस याममा विदेशी पर्वतारोहीहरूको उल्लेख्य उपस्थिति देखिन्छ ।


विराटनगर– वसन्तकालीन पर्वतारोहण याम सुरु भएसँगै सगरमाथा लगायतका विभिन्न हिमालहरूमा आरोहणको चहलपहल तीव्र भएको छ । सगरमाथा आरोहणका लागि हालसम्म २ सय १४ जनाले अनुमति लिएका छन् भने सरकारको खातामा ३६ करोडभन्दा बढी रोयल्टी संकलन भएको छ ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ वटा आरोहण समूहबाट ३८ महिला र १ सय ७८ पुरुष गरी २ सय १४ जनाले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । यी आरोहीहरू ३१ वटा विभिन्न मुलुकका नागरिक रहेको विभागले जनाएको छ ।

विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहणको लागि अनुमति दिन थालेको थियो । विभागकी निर्देशक आरती न्यौपानेका अनुसार आरोहण अनुमति लिनेहरूको संख्या बढ्दै गइरहेको छ, र अधिकांश आरोही गन्तव्यतर्फ लागिसकेका छन् ।

यो याममा सगरमाथासहित विभिन्न १७ वटा हिमालहरूमा आरोहण अनुमति दिइएको छ  । हालसम्म ५४ वटा आरोहण समूहबाट ९९ महिला र ३ सय ९८ पुरुष गरी ४ सय ९७ जनाले विभिन्न हिमाल तथा पिकहरू आरोहण गर्न अनुमति लिएका छन् । विभागका अनुसार यो सिजनको पर्वतारोहणबाट ३६ करोड ५८ लाख १५ हजार २७ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।

सगरमाथा आरोहणका लागि आवश्यक पूर्वाधार निर्माण पनि सम्पन्न भएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्मको खुम्बु आइसफल क्षेत्रमा बाटो निर्माणको जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले लिएको हो । समितिले १० जना ‘आइसफल डाक्टर’ खटाएर बाटो निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

साथै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्मको ‘रोप फिक्सिङ’ कार्य पर्वतारोहण सञ्चालक संघको व्यवस्थापनमा एट्के एक्सपीडिसन कम्पनीले गर्नेछ । प्राकृतिक सौन्दर्य र साहसिक रोमाञ्चको केन्द्रविन्दु बनेको सगरमाथा हिमाल वसन्त ऋतुमा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यही कारण यस याममा विदेशी पर्वतारोहीहरूको उल्लेख्य उपस्थिति देखिन्छ ।
 

प्रकाशित : १ वैशाख २०८२, सोमबार 18:16

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved