विराटनगर– काठमाडौंको तीनकुने क्षेत्रमा गत शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल स्रोतका अनुसार खोस्ने पक्राउ भएपनि हराएको बन्दुक भने फेला परेको छैन । ‘खोस्ने प्रहरीको हिरासतमा छ, बन्दुक फिर्ता गरेको छैन, एक प्रहरी अधिकृतले द नेप्लिेज डट कमसँग भने, ‘फेला पर्छ भन्नेमा विश्वस्त छौं ।’ रुपन्देहीको सैनामैना नगरपालिका घर भइ हाल काठमाडौँको तारकेश्वरमा बस्दै आएका ३८ वर्षीय गोपाल मल्ल भीमसेनगोलाबाट पक्राउ परेका हुन् ।
१५ चैतमा तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शनमा मल्ले सशस्त्र प्रहरी बलको टियर ग्याँस प्रहार गर्ने बन्दुक खोसेका थिए । राजावादीको आन्दोलनमा तीनकुनेको मार्बल हाउस नजिकै चेपमा आन्दोलनकारीले प्रहरीमाथि ढंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीको बन्दुक खोसेर चौरतर्फ भागेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले बन्दुक खोस्ने मल्ललाई राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा आइतबार अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि अनुमति लिनुपर्ने प्रक्रिया अनुरुप म्याद थप गरिएको छ ।
उक्त प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जनालाई प्रहरीले सामानसहित पक्राउ गरेको छ ।
प्रहरीले ब्ल्याक लेबल, ज्याक ड्यानियल्स लुट्ने कोटेश्वर बस्ने धनुषाका आशिष सिंहलाई र चार वटा बियरको बोतल लुटपाट गरेको आरोपमा सर्लाहीका प्रेमकुमार महतोलाई पक्राउ गरेको छ । भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्की पनि पक्राउ परेको प्रहरीले भनेको छ ।
प्रहरीका अनुसार फलफूल चोरेको आरोपमा सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको छ । बरालबाट ६९ वटा लिपिस्टिक, एउटा ऐना, २१ वटा गाजल बरामद भएको छ । अन्य १२ वटा सामान पनि प्रहरीले बरामद गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares