विराटनगर — काठमाडौंको तीनकुनेस्थित एक निजी घरमा आगो लगाउनेहरू दुर्गा प्रसाईंसँग आबद्ध अनवरत तत्पर फौज (एटीएफ) का सदस्यहरू रहेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । राजसंस्था पुनस्र्थापनाका लागि संघर्षरत ’संयुक्त जनआन्दोलन समिति’ का नेता प्रसाईंको नेतृत्वमा चैत १५ मा तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो ।
प्रदर्शनपछि घटनाले हिंसात्मक रुप लियो जसमा सुरक्षा बलले पानीका फोहरा, अश्रुग्यास र गोली चलाउनुपरेको थियो । प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्दै भाटभटेनीमा लुटपाट समेत गरेका थिए ।
यस हिंसात्मक घटनामा एभिन्युज टेलिभिनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दा प्रहरीले आगजनीमा संलग्न दुई जनाको पहिचान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आगजनीमा संलग्नहरूमध्ये रामेछापका २२ वर्षीय सरोज गौतम र अछामका २० वर्षीय गोकर्ण शाही पक्राउ परेका छन् । उनीहरू दुर्गा प्रसाईंको नेतृत्वमा गठन गरिएको ’एटीएफ’ नामक समूहमा आबद्ध छन् । यसमा गौतम प्रवक्ता र शाही सदस्य छन् । गौतम र शाहीले प्रदर्शनको समयमा अन्य हिंसात्मक गतिविधिहरू पनि गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनाको छानबिन गर्न ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अनुसन्धान जारी छ । यो घटनामा संलग्नहरूलाई पक्राउ गरिसकेपछि अब सुरक्षा दृषटिकोनबाट स्थिति थप सशक्त बनेको प्रहरीको विश्लेषण छ । प्रहरीको अनुसन्धान अझै जारी रहेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares