रोयटर्स
विराटनगर— अमेरिका सरकारले स्वेच्छाले देश फर्किन चाहने आप्रवासीहरूलाई निःशुल्क हवाई टिकट र प्रतिव्यक्ति एक हजार डलर आर्थिक सहायता दिँदै स्वदेश फिर्ता पठाउन थालेको छ।यस योजना अन्तर्गत पहिलो चरणमा होन्डुरसका ३८ जना नागरिकलाई अमेरिका सरकारले स्वदेश फर्काएको सीएनएनले जनाएको छ।
होन्डुरसका उपविदेश मन्त्री एन्टोनियो गार्सियाका अनुसार ती ३८ जना सोमबार रामोन भिलेदा मोरालेस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनका अनुसार फर्काइएका मध्ये धेरैजसो परिवार रहेका छन्, जसमा १९ जना बच्चा पनि छन्।
‘यहाँ आमासहित बच्चाहरू थिए, सबैले अमेरिकी सरकारबाट एक हजार डलर सहायता पाएका छन्,’ उनले विमानस्थलमा पत्रकारहरूसँग भने।होन्डुरसको आप्रवासन विभागका निर्देशक विल्सन पाज रेयस्काका अनुसार तीमध्ये कम्तीमा चार जना बच्चाको जन्म अमेरिका र एक जनाको जन्म मेक्सिकोमा भएको हो। यद्यपि तिनीहरू अमेरिकी नागरिक भए पनि पारिवारिक विछोड नहोस् भनेर आफन्तसँगै स्वदेश फर्काइएको उनले बताए।
स्वेच्छा निर्वासनका लागि आवेदन दिनेहरूलाई अमेरिकी अध्यागमन कार्यालय र गृहभूमि सुरक्षा विभागले उपलब्ध गराएको मोबाइल एप्लिकेसनमार्फत प्रक्रिया अगाडि बढाइएको हो।निर्वासितमध्येका एक विल्सन साएन्जले आफूले निर्वासन अनुरोध गरेपछि अधिकारीहरूले टेक्सासको हुस्टनस्थित एक होटेलमा राखेर विमानस्थलसम्म पुर्याएको र उडान अघि खाना उपलब्ध गराएको बताएका छन्। अर्का व्यक्ति केभिन पोसाडासले एपमा आवेदन दिएपछि कहिले उपस्थित हुनुपर्ने भन्ने जानकारी सन्देशमार्फत आएको बताए।
अमेरिकाको होमल्यान्ड सुरक्षा विभागका अनुसार उक्त उडानमा ६४ जना सवार थिए। होन्डुरसमा ३८ जना झारेपछि बाँकी यात्रुहरूलाई छोड्न उडान कोलम्बिया जानेछ। यो सेवा गत मई ५ मा सुरु गरिएको हो। विभागका अनुसार मोबाइल एपमार्फत स्वेच्छा निर्वासन रोज्ने कुनै पनि अवैध आप्रवासीले एक हजार डलर र हवाई टिकटको सुविधा पाउनेछन्।
#निःशुल्क #हवाई #टिकट# प्रतिव्यक्ति #एक #हजार #डलर
विश्व/प्रवास
टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताएयर इन्डियाको बोइङ दुर्घटनाः २०४ जनाको मृत्यु, ५० जना घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares